aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेलको निरन्तरता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ माघ २०७९
सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेलको निरन्तरता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई निरन्तरता दिइएको छ । बुधबार बसेको ४११औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई आगामी ४ बर्षको कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हाृ ।  पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन ।

 पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हाले पछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्नु हुदैँ आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाए । उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको छ ।  

बैंकले उनको पहिलो ४ बर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४% बृद्धि गरि हाल रु १६१.४५ अर्ब पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२% बृद्धि गरि हाल रु १४२.५४ अर्ब र चुक्ता पूँजी रु. १४.२० अर्ब पुगेकोे छ । त्यसै गरि खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१% बृद्धि भई आ.व. २०७८/७९ मा रु २ अर्ब पुगेको छ । 

 सोहि अबधिमा बैंकको पँुजि कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ  मिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरि बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस