aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सिटिजन्स बैंकको सिईओमा पोखरेलको निरन्तरता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ माघ २०७९
सिटिजन्स बैंकको सिईओमा पोखरेलको निरन्तरता

काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सिईओ) मा गणेशराज पोखरेलले निरन्तरता पाएका छन् । बैंकको बुधबार बसेको ४११औं सञ्चालक समितिको बैठकले हाल कार्यरत सिइइओ पोखरेललाई आगामी ४ बर्षको कार्यकालका लागि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन् ।

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हाले पछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएका छन् । उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हासिल गर्न सफल भएको छ ।  

बैंकिङ्ग क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्व हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव भएका पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएका व्यक्तिका रुपमा परिचित छन् । 

नीति नियमको अनुपालना आफ्नो प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्वता उनले बुधबार आयोजित उच्च व्यवस्थापन तथा शाखा प्रबन्धकहरुको एक बैठकमा व्यक्त गरेका छन् । “भित्र सिस्टम, बाहिर इमेज” को मूल उद्देश्य सहित पोखरेलले कार्य आरम्भ गरेका छन् । 
  

प्रतिक्रिया दिनुहोस