aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० माघ २०७९
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर विक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आज देखि विक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ७५ हजार कित्ता संस्थापक शेयर विक्री मा ल्याएको हो । 

उक्त शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ७०६ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

साथै माघ २० गते पश्चात कोषबाट घोषणा हने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश स्वीकृती आवेदनकर्ताले प्राप्त गर्न सक्नेछन् ।  विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस