aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

सिटिजन्स बैंक इन्टरनेसनलको ८२ औं शाखा कोहलपुरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ भदौ २०७६
सिटिजन्स बैंक इन्टरनेसनलको ८२ औं शाखा कोहलपुरमा

 काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ८२औं शाखा बाँकेको कोहलपुरमा सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गर्नु भएको छ ।  उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षमा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरी ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिमा १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रिया अगाडि सारेको छ । 
सिटिजन्स बैंक इन्टरनेसनलले ८२ वटा शाखा, ७८ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाई बाट करिव चार लाख  ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस