aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुजरात डेयरी सहकारीले दूधको मूल्य बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ माघ २०७९
गुजरात डेयरी सहकारीले दूधको मूल्य बढायो

एजेन्सी । दूधको मूल्य प्रतिलिटर ३ रुपैयाँ भारु बढाएको छ । भारतको गुजरात डेयरी सहकारीले नयाँ मूल्य तत्काल लागू भएको जनाएको छ । अहिले अमूल गोल्ड प्रतिलिटर ६६ रुपैयाँ, अमूल फ्रेस ५४ रुपैयाँ, अमूल गाईको दूध ५६ रुपैयाँ भारु र अमूल ए टु भैंसीको दूध प्रतिलिटर ७० रुपैयाँ भारु छ । अमूलले अक्टोबरमा पनि दूधको मूल्य प्रतिलिटर २ रुपैयाँ भारु बढाएको थियो ।

दूधको मूल्य बृद्धिबारे अमूलले भन्यो, ‘कुल सञ्चालन र उत्पादन लागत बढेकाले दूधको मूल्य बढाइएको हो । गत वर्षको तुलनामा पशुचौपायाको मूल्य करिब २० प्रतिशतले बढेको छ । उत्पादन लागत बढेका कारण हाम्रो सदस्य संघले किसानबाट खरिद गरेको दूधको मूल्य गत वर्षको तुलनामा ८–९ प्रतिशतले बढाएको छ ।'

प्रतिक्रिया दिनुहोस