aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

पहिलो गभर्नर जबराको निधन, केके गरेका थिए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ माघ २०७९
पहिलो गभर्नर जबराको निधन, केके गरेका थिए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएकोे छ । उनको ९५ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसका नेता  तथा राणाको छोरी ज्वाई सुनीलबहादुर थापाका अनुसार काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत आइतबार निधन भएको हो ।

नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्ने सौभाग्य पाउने व्यक्ति हुन हिमालय शमशेर जवरा राणा विस २०१३ बैशाख १४ देखी २०१७ माघ २५ गतेसम्म गरि जम्मा २ वर्ष ८ महिना राष्ट्र बैंकको पहिलो पहिलो गभर्नरका रुपमा रहेका थिए । त्यतिमात्र नभइ २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम गरेका थिए । गभर्नर रहँदा उनले धेरै सुधारको कामहरु गरेका छन् ।

 भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव समेत गराएका थिए । धेरै निकायहरुमा संस्थापकको रुपमा काम गरेपनि राष्ट्र बैंकको पूर्व गभर्नरका रुपमा नै परिचित रहेका थिए । 

राणालाई राजा महेन्द्रले नै नियुक्त गरेका थिए । तर पछि महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्ने बेलामा उनी समेत राष्ट्र बैंकबाट निकालिएका थिए । त्यस्तै पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका थिए ।जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस