
काठमाडौं । हालसम्म दुई सय ५५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गएका छन् । उक्त नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर प्रक्रिया पछिको हो ।
बिहिबार राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिाक तथा वित्तीय स्थितिको तथ्यांकमा उल्लेख गरिएको छ, ‘वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७९ पुस मसान्तसम्म कुल २५५ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १८३ संस्थाहरुको इजाजत खारेज हुन गई ७२ संस्था कायम भएका छन् ।’
त्यस्तै, वित्तीय पहुँच हालसम्म कुल ७५३ स्थानीय तहमध्ये २०७९ पुससम्म ७५२ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७८ पुससम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ पुस मसान्तमा १२१ रहेको छ ।
यसमध्ये २२ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकोमा २०७९ पुस मसान्तमा ११,५८८ पुगेको छ
प्रतिक्रिया दिनुहोस