aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

प्रभु बैंकका सिईओको नियुक्ती खारेजबारे अदालतले दिएन अन्तरिम आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ माघ २०७९
प्रभु बैंकका सिईओको नियुक्ती खारेजबारे अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनको नियुक्ती खारेजबारे परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले शेरचनलाई नियुक्त गर्ने निर्णय खारेज हुनु पर्ने माग गर्दै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  

यहि माघ १३ गते अधिवक्ता अनिता थापाले शेरचनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रावधान विपरित सीईओ नियुक्त गरिएको भन्दै रिट हालेकी थिईन् । उक्त बैंकका शेरचनको नियुक्ती खारेज हुनु पर्ने मागसहित उच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

यसबारे न्यायाधीशद्वय श्यामजी प्रधान र अमृत बहादुर बस्नेतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस