
एनआईबिएल समृद्धि फण्ड–१ को खुद सम्पतिको मुल्य गत महिनाको अवधि भन्दा शुन्य दशमलव २ प्रति इकाई वृद्धि गरी चैत्र महिनामा १० दशमलव २८ प्रति इकाई रहेको छ । अघिल्लो महिना फागुनमा १० दशमलव ०८ प्रति इकाई रहेको थियो ।
एनआईबिएल समृद्धि फण्ड–१ को शेयर लगानी ७१ करोड २५ लाख १२ हजार रुपैयाँ रहेको छ । अघिल्लो महिनमा ७१ करोड २३ लाख ७८ हजार रुपैयाँ शेयर लगानी गरेको थियो ।
एनआईबिएल समृद्धि फण्ड–१ को आम्दानी १ सय ४२ दशमलव ५९ प्रतिशतले वृद्धि ३ करोड ९३ लाख रुपैयाँ कमाएको छ । खर्च भने १३ दशमलव ६३ प्रतिशतले बढेर २ करोड ७ हजार रुपैयाँ रहेको छ ।
सूचिकृत धितोपत्रमा भएको लगानी मध्येमा हाइड्रोपावरमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको ५८ हजार १ सय ९० कित्ता, वाणिज्य बैंकमा सबैभन्दा बढी मेगा बैंक लिमिटेडको ८८ हजार ५ सय ६७ कित्ता, जीवनमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४५ हजार ५ सय ७३ कित्ता, निर्जीवन बीमामा सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको २५ हजार ८ सय ७८ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकको ४५ हजार १ सय ३० कित्ता र लघुवित्तमा सबैभन्दा बढी साना किसान विकास बैंकको ३४ हजार २ सय १४ कित्ता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस