aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ माघ २०७९
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । 

बैंकले हाल कायम रहेको चुक्ता पुँजीबाट ८.९८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

बैंकले चुक्ता पुँजीको ८.५३४ प्रतिशतका दरले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४ रुपैयाँँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ०.४४९ प्रतिशतका दरले हुन आउने एक करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 


 

प्रतिक्रिया दिनुहोस