
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा लिन चाहने सहकारीहरूलाई प्रस्ताव पेश गर्न माग गरेको छ । कोषले सहकार्यमा आधारित साझेदारी कार्यक्रम अन्तर्गत थोक कर्जा लिन चाहने सहकारी संस्थाहरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
कोषले प्रदेश र स्थानीय तह (म.न.पा, उप.म.न.पा, न.पा, गा.पा)सँग साझेदारी कार्यक्रम मार्फत स्वरोजगार सिर्जना गर्ने कार्यक्रम अगाडी बढाएको छ । उक्त कार्यक्रम अन्तर्गत कोषले ऋण सम्झौता गरेको प्रदेश सरकार र स्थानीय तहमा कार्यक्षेत्र भएका संस्थाहरूले मात्र कर्जा प्रस्ताव पेश गर्न सक्नेछन् ।
कर्जा मापदण्डहरू पूरा गरेका संस्थाहरूले यसै आर्थिक वर्षसम्म तोकिएको कागजात संलग्न राखी कर्जा प्रस्ताव फारम पूर्णरुपमा भरी कोषसँग कर्जा सम्झौता भएका स्थानीय तहमा वा जिल्लास्थित कोषको सम्पर्क कार्यालयमा वा कोष सचिवालय ललितपुरमा कर्जा माग प्रस्ताव पेश गर्न सक्नेछन् । पुरा गर्नु पर्ने मापदण्डहरू र संस्थाले प्रमाणित गरी पेस गर्नु पर्ने कागजातहरूको जानकारी कोषको वेबसाइडमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस