
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन गरेको । बैंकले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेकोे हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकको भनाई छ ।
सर्वसाधारणलाई छुट्याएको मध्येबाट ७० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी रहेको ३० हजार कित्ता समेत जोडेर सर्वसाधारणमा १९ लाख ३० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागिएको हो ।
यो ऋणपत्र खरीदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा फागुन ३ गतेसम्म विक्रीको मिति तय गरिएको छ । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने फागुन १४ गतेसम्म विक्रीमा रहनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ ।
यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस