aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहकारीमा समस्या होइन, चुनौती छः रजिष्ट्रार घिमिरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
सहकारीमा समस्या होइन, चुनौती छः रजिष्ट्रार घिमिरे

ललितपुर । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आह्वान गरेका छन् । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसंग शनिवार भएको छलफल कार्यक्रममा बोल्दै रजिष्ट्रार घिमिरेले यस्तो बताएका हुन् । 

अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नु पर्नेमा उनले जोड दिए । ‘यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, मुलुकको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन, हाम्रा कारणले समस्या आएको होइन, भने यसलाई हाम्रो समस्याका रुपमा होइन चुनौतीका रुपमा हेर्नु पर्छ’, रजिष्ट्रार घिमिरेले भने । 

त्यस्तै, उनले चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनु पर्ने बताए । सहकारीमा समस्या छ भन्ने कुरालाई छोडेर चुनौती छ, हामी सामना गर्छौ भन्ने दृढ विश्वासका साथ सहकार्यमा जोडिन उनले सहकारी अभियानकर्मीहरुलाई आग्रह गरे । सहकारीको विकास र प्रवद्र्धन गरी मुलुकलाई आर्थिक रुपमा सवल बनाउनका लागि कानुन वाधक देखिए कानुन संशोधन गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै उनले कानुनले राम्रो कामका लागि वाधा होइन, सहजीकरण गर्नु र्पो बताए । 

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको चर्चा गर्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरे । बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भैरहेका कामको बारेमा जानकारी गराएका थिए । यतिबेला सहकारीलाई बचाउनु पर्ने वाध्यता छ, सबै मिलेर बचाउ र संगै सहकारीको सुशासनका लागि प्रवद्र्धनसंगै नियमन र अनुगमनमा लाग्नु पर्ने अध्यक्ष उप्रेतीको भनाइ थियो ।     
       
 

प्रतिक्रिया दिनुहोस