aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

सोमबार १८ अर्बको ट्रेजरी बिल जारी गदै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ माघ २०७९
सोमबार १८ अर्बको ट्रेजरी बिल जारी गदै राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार भोलि १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ७ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६अर्ब रुपैयाँ गरी कुल १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन ३० गते, ९१ दिन अवधिको ट्रेजरी २०८० जेठ २ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० साउन ३० गते  परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २१ अर्ब १०० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस