
काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.१०, स्थित शंखमुल शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालय बिहिबारदेखि औपचारिक समुद्घाटन गरि सञ्चालनमा ल्याएको हो । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले दीप प्रज्वलनका साथ गरेको थियो भने सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेको थियो ।
वहाँले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता ब्यक्त गरे ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस