aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आज बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकले दियो निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ फागुन २०७९
आज बैंकिङ सेवा सुचारु राख्न राष्ट्र बैंकले दियो निर्देशन

काठमाडौं । सरकारले फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिए पनि नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले आज सोमबार  जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो। तर, आम ग्राहकलाई सेवा उपलब्ध गराउन राष्ट्र बैंकले बिदाको दिन पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिन सबै बैंकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस