aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सेवा सम्बन्धी सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ फागुन २०७९
कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्गबीच कर्जा सेवा सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता गरेका छन् । विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता गरिएको हो । 

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक शास्वत जंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरे । 

उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटा ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस