aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मेगा क्यापिटलको दोस्रो साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
मेगा क्यापिटलको दोस्रो साधारणसभा

काठमाडौं । मेगा क्यापिटल मार्केट्सको दोस्रो साधारणसभा असोज १० गते गर्ने भएको छ । सभा दिउसो १ बजे होटल साकेत कम्प्लेक्स त्रिपुरेश्वरमा हुने भएको हो । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभाको प्रस्तावमा आव २०७५/०७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब गरी बाँडफाँट गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयहरु छलफलमा रहेका छन् । साथै, कम्पनीको नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस