
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गतका एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड र एनएमबि हाइब्रिड फण्ड एल १ ले इकाईधनी दर्ता किताब भदौ २६ गते बन्द गर्न लागेका छन् । यी दुई योजनाले गत आवको लागि इकाईधनीहरुलाई लाभांश वितरण गर्न लागेकाले बुक क्लोज गर्न लागेका हुन ।
एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्डले १५ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ ले १० प्रतिशत योजनाको प्रतिफल वितरण गर्न लागेका हुन् । भदौ २५ गतेसम्म कायम इकाईधनीहरुले योजनाले दिने प्रतिफल पाउन सक्नेछन् । योजनाको व्यवस्थापक एनएमबि क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस