aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआइसी एशियाको साधारणसभा १० गते, ९ अर्ब चुक्ता पुँजी पुर्योउदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
एनआइसी एशियाको साधारणसभा १० गते, ९ अर्ब चुक्ता पुँजी पुर्योउदै

काठमाडौं । एनआइसी एशिया बैंकको २२ औं सभा असोज १० गते गर्ने भएको छ । बैंकको सभाआर्मी अफिसर्स क्लब, भद्रकालिमा गर्न लागेको साधारणसभाले  बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पेश गर्नेछ ।

 बैंकले गत आवको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकको हाल चुक्तापूँजी  ८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । बोनस वितरपछि पूँजी  ९ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । 

बैंकले सभामा सहयाक एनआइसी एशिया लघुवित्त र एनएआइसी एशिया क्यापिटल लिमिटेडको एककिृत वित्तीय विवरणमा छलफल गरी पारित गर्ने समान्य प्रसताव राखेको छ । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, बैंक अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने वा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने छ । बैंकले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका भदौ २९ गतेदेखि असोज १० गतेसम्म बन्द गर्न लागेको छ । 


 

प्रतिक्रिया दिनुहोस