aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

रामेछापको मान्थलीमा सनराइज बैंकको १२२ औं शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ भदौ २०७६
रामेछापको मान्थलीमा सनराइज बैंकको १२२ औं शाखा

काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले मान्थलीमा १२२ औं  शाखा संचालनमा ल्याएको छ । बिहिबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर  रमेश कुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य  दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।  सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रmपमा ए. टि. एम. को उद्घाटन गरेका थिए । 

हालसम्म सनराइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस