aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

अबको तीन महिनामा खाद्यान्नको भाउ अचाक्ली बढ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
अबको तीन महिनामा खाद्यान्नको भाउ अचाक्ली बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ । यस सर्वेक्षण २०७९ पौष २४ देखि पौष ३० गतेसम्म ६० बजार क्षेत्रका व्यक्तिहरूसँग अन्तरवार्तामार्फत सम्पन्न गरिएको थियो । 

यहाँ प्रस्तुत गरिएका परिणामहरू दुई हजार १० जना उत्तरदाताहरूसँग गरिएको सर्वेक्षणमा आधारित रहेको छ । ८४.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् । 

अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज २०७९ को तुलनामा घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको छ । 

गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध तथा घ्यू पेय पदार्थ तथा सुर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ ।

तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ । तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२० प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस