
काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको माघ मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारीमा २४.८० प्रतिशत तरलता रहेको छ ।
माघ मसान्सम्म सहकारीमा कुल शेयर सदस्यहरुको संख्या ८ हजार ७७७ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या एक हजार ५०९ रहेको छ ।
उक्त वित्तीय विवरण अनुसार हाल सहकारी शेयरपुँजी २१ करोड ६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १५ करोड ७३ लाख, कुल बचत १ अर्ब ६७ करोड ७७ लाख, ऋण लगानी एक अर्ब ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
हाल सहकारीको तरलता रकम ४१ करोड ६१ लाख २१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, समिक्षा अवधिमा सहकारीको कुल संस्थागत पुँजी १५ करोड ८८ लाख, विभिन्न कोषको जम्मा रकम ११ करोड ९८ लाख र कुल सम्पत्ति २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस