
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र जारी गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न सक्ने गरी विक्री खुला गरेको हो ।
यस अघि बैंकले पुस २७ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न ३५ दिने सुचना जारी गरेको थियो । यो शेयर खरीदका लागि आगामी सातदिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । बैंकको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस