
काठमाडौं । वाणिज्य बैंकहरुमा २५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत पुष महिनाको ३० गतेदेखि माघ महिनाको २९ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत पुष ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप माघ २९ गतेसम्म आइपुग्दा २५ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेसँगै कर्जा प्रवाह पनि बढाएका छन् । पुष ३० गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह १२ अर्ब रुपैयाँले बढेर माघ २९ गतेसम्म आइपुग्दा ४२ खर्ब ९० अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस