aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

ग्लोबल आइएमई बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
ग्लोबल आइएमई बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा माग बमोजिम आवेदन परेपछि फागुन ५ गतेसम्म मात्र विक्रीमा रहने भएको छ ।

फागुन ४ गते माग बमोजिम आवेदन नपरेको भन्दै फागुन १४ गतेसम्मको विक्री मिति तय गरेको बैंकले फागुन ५ गते मागभन्दा बढी आवेदन परिसकेको जानकारी दिएको हो । बैंकले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ नामको बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने बैंकको भनाई छ । सर्वसाधारणलाई छुट्याएको मध्येबाट ७० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी रहेको ३० हजार कित्ता समेत जोडेर सर्वसाधारणमा १९ लाख ३० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याईएको हो । 

यो ऋणपत्र खरीदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम  अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जानकारी बैंकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस