aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

चौतारी लघुवित्तको १७ दशमलव ८९% लाभांश दिने, बोनस र नगद ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
चौतारी लघुवित्तको १७ दशमलव ८९% लाभांश दिने,  बोनस र नगद ?

काठमाडौं । चौतारीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले  १७.८९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २०७५–७६ को नाफाबाट  ७% बोनस सेयर र १०.८९% नगद लाभांश दिने निर्णय गरेको हो ।

संस्थाले १ करोड ३० लाख २० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, २ करोड २ लाख ६४ हजार २१० रुपैयाँ नगद लाभांश बाँड्नेछ । 

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइने कम्पनीको भनाई छ ।  हाल चौतारी लघुवित्तको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ८२ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस