aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

राष्ट्र बैंकले सोमबार १३ अर्बभन्दा बढिको ट्रेजरी बिल बोलकबोल गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ फागुन २०७९
राष्ट्र बैंकले सोमबार १३ अर्बभन्दा बढिको ट्रेजरी बिल बोलकबोल गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार (भोलि) १३ अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी चैत ७ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० जेठ ९ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० भदौ ५ गते  परिपक्व हुनेछ ।

यसअघि बैंकले २८ दिन अवधिको ७ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस