aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

कनेक्ट आईपीएस युजरबीच रकम ट्रान्सफर निःशुक्ल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
कनेक्ट आईपीएस युजरबीच रकम ट्रान्सफर निःशुक्ल

काठमाडौंः नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आईपीएस  ई–पेमेन्ट प्रणालीमा युजरबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ ।

सीमित अवधिका लागी सुरु गरिएको सो सुविधा अन्तर्गत कनेक्ट आईपीएस प्रणालीमा आफ्नो बैंक खाता जोडिसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरेको छ । यस सेवाले कनेक्ट आईपीएसका ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफरगर्न थप सुविधा पुग्ने अपेक्षा गरेको छ ।

एनसीएचएलले ५३ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आईपीएस प्रणाली संञ्चालन गरिरहेको छ । 

यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस