aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कर्जा लिने तयारीमा हुनुहुन्छ ? यी हुन् बुझ्नै पर्ने कुरा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
कर्जा लिने तयारीमा हुनुहुन्छ ? यी हुन् बुझ्नै पर्ने कुरा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने तयारी गरेकाहरूका लागि विभिन्न सुझाव दिएको छ । राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका निम्ति सन्देश जारी गर्दै सुझाव दिएको हो । 

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिनु पर्छ । ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्दछ । निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबिच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यानमा दिई व्यक्तिगत कर्जाहरू स्थिर ब्याजदरमा उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । 

स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ । र, यसले निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर पर्दैन । ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा उपयोग गर्न राष्ट्र बैंकले सुझाव दिएको छ । 

 

प्रतिक्रिया दिनुहोस