
काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १७ पैसा र बिक्री दर १३२ रूपैयाँ ७७ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री दर १४१ रूपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ८६ पैसा र बिक्री दर १६० रूपैयाँ ५९ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ८६ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ९९ पैसा र बिक्री दर ९१ रुपैयाँ ४१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस