aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको मर्जरपछिको शेयर सूचीकृत, ओपन रेञ्ज कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकको मर्जरपछिको शेयर सूचीकृत, ओपन रेञ्ज कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्जर पछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ ।  मर्जरमा गएपछि कायम हुन आएको कुल ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता शेयर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट सूचीकृत भएको हो । 

मर्जर पछिको पहिलो कारोबारको लागि नेप्सेले रू. २३६ दशमलव ८५ ओपन रेञ्ज दिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि बिहीवार देखि कारोबारमा आउनेछ । यी दुई बैंक १ः०.९० अनुपातमा मर्जरमा गएका हुन भने पुस २७ गते देखि एकिकृत कारोबार शुरु गरेका हुन । 

अव मेगा बैंकका शेयरधनीको  हितग्राही खातामा  शेयर नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट देखिनेछ ।  कम्पनीको स्टक सिम्बोल एनआईएमबि रहेको छ । 

प्रतिक्रिया दिनुहोस