aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

मेरोमाइक्रोफाइनान्सको “मेरो बचत मेरो कर्जा”

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
मेरोमाइक्रोफाइनान्सको “मेरो बचत मेरो कर्जा”


काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले “मेरो बचत मेरो कर्जा” सञ्चालनमा ल्याउने भएको छ । आर्थिक बर्ष २०७६०७७ को सुरुवातसंगै नया कार्यक्रमको रुपमा “बचत तथा कर्जा कार्यक्रम” सञ्चालन गरेको संस्थाले जनाएको छ ।  

 समुहमा आबद्ध गरि आर्थिक रुपमा आयआर्जन मार्फत सक्षम बनाउन पे्ररित गर्ने उद्देश्यले संचालन गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राम हरि दाहालले बताए । ग्राहकले खोलेको खातामा  दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज समेत दिने संस्थाले जनाएको छ । संस्थाका शाखा कार्यालय रहेको स्थानबाट केही दुरी भित्र स्थायी बसोबास गरी साना तथा मझौला ब्यापार ब्यवसाय गरीरहेका महिला तथा पुरुष परिवारहरुको वित्तीय सुविधा प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको संस्थाले जनाएको छ । 

लघुवित्तको परम्परागत ढाचा अनुसार लघुवित्तमा आबद्ध हुन नसकेका ग्राहकहरुको लागी संचालनमा ल्याएको हो । सो कार्यक्रमको प्रमोसनको लागी २ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । 

प्रतिक्रिया दिनुहोस