aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव पुडासैनी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० फागुन २०७९
कृषि विकास बैंकको अध्यक्षमा पूर्वसचिव पुडासैनी नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्व सचिव रामशरण पुडासैनी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आज बसेको बैठकले पुडासैनीलाई एक कार्यकालको लागि पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो । 

यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो ।

यस अघि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा गोविन्द गुरुङलाई नियुक्त गरेको थियो । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि २२ जनाले आवेदन दिएका थिए। ति मध्ये पाँच जना सर्ट लिष्टिङ भएको थियो । सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका थिए । सबै प्रतिस्पर्धीलाई पछार्दै गुरुङ सीईओ बनेका छन् ।

प्रतिक्रिया दिनुहोस