aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कामना सेवाकोे ७०औं शाखा बिर्तामोडमा

कामना सेवाकोे ७०औं शाखा बिर्तामोडमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ फागुन २०७५
कामना सेवाकोे ७०औं शाखा बिर्तामोडमा

काठमाडौं, फागुन २८ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्लाको बिर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिर्तामोड नगरपालिकाको वडा नं ०४, भद्रपुर रोडमा यही फागुन २८ गते आफ्नो ७०औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराए ।

यस बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्नाव्ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ६९ वटा शाखा कार्यालयहरु तथा २४ वटा एटीएम मार्फत आफना गा्रहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस