aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

निफ्रा उर्जा ऋणपत्र धितोपत्र बजारमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
निफ्रा उर्जा ऋणपत्र धितोपत्र बजारमा सूचीकृत

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २९ गतेदेखि पुस १४ गतेसम्म विक्री गरेको उर्जा ऋणपत्र धितोपत्र दोस्रो बजारमा सूचीकृत गरेको छ । बैंकले ७ वर्षे अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५/८६’ नामको ऋणपत्र विक्रीपश्चात पुस २१ ग्ते बाँडफाँट गरेको थियो । 

बैंकले कुल २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र फागुन ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको हो । निफ्रायूआर८५÷८६ स्टक सिम्बोलमार्फत सूचीकृत बैंकको ऋणपत्र आगामी आइतवारदेखि कारोबारयोग्य हुनेछ । सात वर्षमा परिपक्क हुने यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस