aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

समृद्धि फाइनान्सद्धारा ह्वीलचियर वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ फागुन २०७९
समृद्धि फाइनान्सद्धारा ह्वीलचियर वितरण

एजेन्सी । समृद्धि फाइनान्सले फाल्गुण १२ गते संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम रोटरी क्लब अफमहाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा गरिएको थियो । कार्यक्रममा फाइनान्सको तर्फबाट सञ्चालक विनोदकुमार सुवेदी र प्रमुख सञ्चालन अधिकृत चुुडामणी खनालको उपस्थिति रहेको थियो भने रोटरी क्लब अफ महाबौद्धका अध्यक्ष बत्स शाक्यको उपस्थिति रहेको थियो । 

समय समयमा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले यहि फाल्गुण महिनामा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी समेत फाइनान्सको प्रमुख सञ्चालन अधिकृतबाट प्राप्त भयो ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु  समेत प्रदान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस