aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सिटिजन्स बैंकका ग्राहकले भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटलमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ फागुन २०७९
सिटिजन्स बैंकका ग्राहकले भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटलमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल बैंकका ग्राहकले भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटलमा छुट पाउने भएक छन् । बैंक र भारत, गँुडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्र्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो 

गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर रेका हुन् । 

यस किसिमको सहकार्यबाट हाल बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् ।

आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । 

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको  सुविधा विगत ३ वर्ष देखी निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ  ।
 

प्रतिक्रिया दिनुहोस