
काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १५ अर्ब रुपैयाँ भन्दा बढिको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी चैत १७ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० जेठ १६ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० फागुन १५ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
प्रतिक्रिया दिनुहोस