aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

कुमारी बैंकको २ लाख ९६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
कुमारी बैंकको २ लाख ९६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ९६ हजार कित्ता संस्थापक तर्फको शेयर फागुन १६ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. २१९ मूल्यमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न मिल्ने गरी यो शेयर विक्रीमा ल्याएको हो । 

इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी फागुन ३० गते अपरान्ह ३ बजेृसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी, नक्साल, काठमाडौं स्थित कार्यालयमा पेश गर्नुपर्ने भएको हो ।

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने बैंकको भनाई छ ।

शिलबन्दी खाम बाहिर आवेदनकर्ताले कुमारी बैंक लिमिटेडको संस्थापक शेयर खरीद आवेदन समेत उल्लेख गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १ गते विक्री प्रबन्धकको कार्यालयमा विहान १० बजे खोलिने कार्यक्रम तय भैसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस