
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई १५ प्रतिशतभन्दा बढी ब्याज नलिन निर्देशन दिएको छ । एक सूचना जारी गरि नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिए उजुरी गर्न आग्रह गरेको हो ।
लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नहुने व्यवस्था रहेको भन्दै राष्ट्र बैंकले हाल कुनै पनि लघुवित्त वित्तीय संस्थाको ब्याजदर १५ प्रतिशतभन्दा बढी नभएको स्पष्ट पारेको छ ।
‘सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन्’, राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।’
लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण एकाइमा गुनासो दर्ता गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस