aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५ वर्षे अवधिको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५ वर्षे अवधिको ऋणपत्र बाँडफाँट

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले विक्री गरेको पाँच वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले १० दशमलव ३० प्रतिशत ब्याजदरको ऋणपत्रमाघ २६ गतेदेखि फागुन ८ गतेसम्म विक्री गरेको थियो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई फागुन १७ गते ऋणपत्र बाँडफाँट गरिएको बैंकको भनाई छ । बैंकले प्रति ऋणपत्र रू. १ हजार अंकित दरका रू. २ अर्ब ४० करोड बराबरको कुल २४ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरेको थियो । ४० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लगानीकोष र बाँकी सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । वाणिज्य बैंकहरूले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्कासन गर्नुपर्ने व्यवस्था बमोजिम यस बैंकले पनि ऋणपत्र निष्कासन गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस