
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको छ । बैंकले बजारमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावलाई व्यवस्थापन गर्न १४ दिन अवधिको रिपो जारी गर्ने लागेको छ ।
बैंकले जारी गर्न लागेको रिपो बुधबार नै बोलकबोल हुनेछ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव देखिएमा त्यसलाई सहज पार्न रिपो मार्फत नगद प्रवाह गर्ने गरेको छ ।
लामोसमयदेखि देखिएको तरलता अभाव सहज भयो भन्ने चर्चा महत्वकासाथ गरिएपनि यर्थाथमा त्यस्तो अवस्था नदेखिए पनि राष्ट्र बैंकले रिपो जारी गरेको हो ।
अहिले पनि वाणिज्य बैंकहरुले खुलेर लगानी गर्न सकिरहेका छैनन् । न त बैंकिङ प्रणालीमा अपेक्षाकृत नगद जम्मा नै भईरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । आइतबार भन्दा सो रकम ५ अर्ब रुपैयाँले कमी हो ।
वाणिज्य बैंकहरुको हकमा भन्ने भो भनेपनि आइतबार ४७ खर्ब ४५ अर्ब रुपैयाँ रहेकोमा सोमबार एकै दिन ५ अर्ब रुपौयँ निक्षेप घटेको थियो । जबकी सो दिन बैंकहरुले गरेको लगानी जम्मा एक अर्ब रुपैयाँको मात्र रहेको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस