aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

इन्फिनिटी लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
इन्फिनिटी लघुवित्तको साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम कोहलपुर बाँकेमा भब्यताको साथ सम्पन्न इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय कोहलपुर शाखामा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोह विच भब्यताको साथ सञ्चालन गरेकोछ । कार्यक्रम ज्ञानोदय पुस्तकालय कोहलपुरको सभाहलमा ८२ जना समुह अध्यक्षहरुको समुपस्थितिमा सम्पन्न भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोवाईल बैंकिङ्ग संग सम्वन्धि विषयमा प्रशिक्षित गरेका थिए । शाखामा भएका कुल १९३ वटा समुह मध्येबाट ३ वटा समुह पुरस्कृत भएको र उत्कृष्ट व्यवसायी सदस्यलाई समेत सम्मान गरिएको कार्यक्रमका प्रमुख अतिथि  नयन देवकोटाले बताए ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत तथा वित्तीय संस्थाको वर्तमान अवस्थाको बारेमा शाखाका शाखा प्रमुख  सञ्जिता कुमारी चौधरीले स्पष्ट पारेकी थिइन । कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानको लागि सामुहिक सहयोग सामुहिक प्रयासको लागि समिति गिता कुमारी शाहीको अध्यतामा समेत गठन गरेको कार्यक्रम सञ्चालक अनुगमन अधिकृत आत्माराम पौडेलले बताए। साथै, कार्यक्रम नन्द कुमारी विष्टको सभावतित्वमा सञ्चालन भएको थियो ।


 

प्रतिक्रिया दिनुहोस