काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १३औं वार्षिक साधारण सभा असोज १० गते गर्दै छ । बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
बैंकले सभामा अन्य उपुयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने र प्राप्ति गर्ने तथा वैदेशिक रणनीति साझेदारीमा जान उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने । बैंकले वार्षिक साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका भदौ ३१ गते एक दिन बन्द गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस