
काठमाडौं । कुमारी बैंकको १९औं वार्षिक साधारण सभा असोज ११ गते हुँदैछ । बैंकले गत आवको नाफाबाट शेयरधनीका लागि चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्ने भएको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले भदौ २९ गतेदेखि असोज ११ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । भदौ २८ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस