
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको ८७ औं बैठकले ६ प्रतिशत वोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
यसैगरी सोही कम्पनीले मर्जर तथा प्राप्तीका लागि चन्द्र प्रसाद शर्माको संयोजकत्वमा चार सदस्यीय मर्जर समिति पनि गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा विष्णु प्रसाद पौड्याल, अमर डंगोल महर्जन र सदस्य सचिवमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दामोदर जोशी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस