
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड भन्दाबढी बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले प्रभु र सेञ्चुरी कमर्सियल बैंकको एक करोड २७ लाख ९९ हजार ६४ दशमलव ५८ कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेमा अनुसार प्रभु बैंकको ६.५० प्रतिशत बोनस पछिको ८२ लाख ६० हजार ६५७ दशमलव ७१ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनसपछिको ४५ लाख ३८ हजार १०६ दशमलव ८७ कित्ता शेयर सूचीकृत गराएको नेप्सेले जनाएको छ । यी दुई बैंक एकआपसमा मर्ज भई प्रभु बैंकको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस