aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

नवलपरासीको सुस्तामा कामना सेवाकोे ९९ औं शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
नवलपरासीको सुस्तामा कामना सेवाकोे ९९ औं शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप नवलपरासीमा रहेको सुस्तामा शाखा आरम्भ गरेको छ ।

सुस्ता गाउँपालिका वडा नं. ०१ स्थित बरmवामा ९९औ  शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो । कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरmनी , वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो । 

बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।
 

प्रतिक्रिया दिनुहोस