aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

डोल्पामा नेपाल बैंकको शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
डोल्पामा नेपाल बैंकको शाखा

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेश ,डोल्पा जिल्ला काईके गाउंपालिका वडा नम्बर २ सहरतारामा नेपाल बैक लिमिटेड काईके शाखा स्थापना गरी सेवा आरम्भ गरेको छ ।  नेपाल बैक लिमिटेडले देशका सातै प्रदेशका ६१ जिल्लामा १६४ शाखा २३ एक्सटेन्सन काउन्टर ८७ एटिएम सेवाविन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिग सेवा पुरयाईरहेको छ । 

बैक, स्मार्ट ब्रान्च कार्यक्रम मार्फत गुणस्तरीय ग्राहक सेवा अभिवृध्दिमा निरन्तर प्रयत्नशील रहने तथा सरकारको वित्तिय पहुंच तथा समावेशिता अभिवृध्दि गर्ने उध्देश्यमा सघाउन चालु आर्थिक वर्षमा थप ३० स्थानमा शाखा विस्तार गर्ने बैकको लक्ष रहेको जानकारी बैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले दिएका छन ।   


   ( 

प्रतिक्रिया दिनुहोस